वैशाख मसान्तमा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड’: ९ विधामा अवार्ड प्रदान गरिने
पाेखरा | बैशाख १६, २०८३
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।
यसअघि वैशाख १८ गतेका लागि तय गरिएको उक्त कार्यक्रम विशेष कारणवश मसान्तमा सारिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर एमबी आस्थाले कार्यक्रमको तयारी तिब्र पारिएको बताए ।
उनका अनुसार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने सो कार्यक्रममा ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।
हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष मगरले बताए ।
यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् ।
खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यले वि.सं. २०७२ सालदेखि मञ्चले निरन्तर यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रम भव्य बनाउन उपसमिति गठन
अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) को संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा उपाध्यक्ष द्वय राजाराम पौडेल र उमा आले रहेकी छिन् ।
यस्तै अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा सन्देश श्रेष्ठ, प्रचारप्रसारमा परशुराम शर्मा, अन्तर्राष्ट्रिय समन्वयमा प्रेमनारायण न्यौपाने, स्वागत तथा अतिथि सत्कारमा दिननाथ बराल, क्विक रेस्पोन्सम उमा आले, मञ्च तथा सांस्कृतिकमा राजु गिरी, आर्थिक व्यवस्थापनमा विमल तिवारी, फोटो तथा भिडियोमा गीता रानालाई जिम्मेवारी दिइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।
यस वर्षको अवार्डको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन ’रारा तयारी चाउचाउ’ रहेको छ ।
सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुपको साथ रहेको छ ।
कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह र विदेशमा रहेका संघसंस्थाहरूले समेत सहयोग गरेका छन् ।
कास्की जिल्लाबाट सुरु भएको यो मञ्च हाल गण्डकी प्रदेशकै एक सशक्त र स्वायत्त संस्थाका रूपमा स्थापित छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

